ओखलढुंगा कांग्रेस महासमिति सदस्यमा सर्वसहमतिले चयन

112
Shares

ओखलढुङ्गा ।

नेपाली कांग्रेस ओखलढुंगाले महासमिति सदस्यहरूको नामावली सर्वसहमतिले टुंग्याएको छ । सर्वपक्षीय छलफल पश्चात् यही माघ १९ गतेको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यहरूको नामावली टुङ्ग्याएको ओखलढुङ्गा सभापति तेजन खनालले बताएका छन् ।

सर्वसहमति भएका महासमिति सदस्यहरूमा खुल्ला तर्फ वेद बहादुर रोका, खिला नाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई र सर्वधन तामाङ रहेका छन् । यसै गरी खुल्ला महिला तर्फ गोमा के सी र बाला अधिकारी चयन भएका छन् ।

खस आर्यमा हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमा लक्ष्मी राई र दलित सदस्यमा होम बहादुर बि क चयन भएको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत वोध नारायण कटुवालले बताएका छन् ।