हिमपातले हिमाली भेग सेताम्मे , कृषक उत्साहित

0
Shares

मुगु।

विगतका वर्षमा पुस लाग्ने बित्तिकै मुगु  हिउँले सेताम्मे हुने गर्थ्यो भने यो पटक माघ लागेपछि हिमपात हुँदा मुगु लगायत कर्णालीका हिमाल  कपासझैँ सेताम्मे देखिएका छन् ।१७ गते रातिबाट  मुगु सँगै कर्णालीमा भयको हिमपातले रारा त कपासको बोट झैं सेताम्मे भयको छ ।

हिमाली जिल्लामा हिउँ सँगै भयको मौसम बदलिएका कारण  हवाई तथा सडक यातायात, सरकारी कार्यालय ,स्थानीय पालिकाबाट हुने काम समेत प्रभावित भएको छ।
चिसोले गर्दा  आउजाउमा गर्न समस्या परेको छ । चिसोले बालबालिका र बृद्वबृद्वा प्रभावित भयका छन् भने रुघाखोकी र निमोनिया बिरामी बढेको र अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको जिल्ला अस्पताल मुगुले जनाएको छ।

कहिले हिउँ पर्ला भनेर मंसिर महिना देखि आकाश हेरेर बषेका कृषक भने बनजंगल र खेतबारीमा हिउँ भरिएपछि खुसी भएका छन्।  मानिसलाई अन्नपात , गाई गोरुलाई घाँसपात , आम्दानीको स्रोत जडिबुटी पनि राम्रै हुने भएपछि कृषकलाई शान्ति मिलेको सोरु गापा ९ का कृषक गोरे शाही बताउँछन् ।

  मुगुको रारामा समेत एक्कासि हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले बताए । रारामा ६ इन्चभन्दा बढी हिउँ जमिसकेको र  उनको भनाइ छ ।

मुगुमा हिमपात भएपछि घुम्न गएका पर्यटक निकुञ्जका कर्मचारी, नेपाली सेनाका जवानहरु हिउँमा रमाउन थालेका छन् । रारा विमानस्थल ताल्च, मुर्मा गाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत एम दर्जन बस्तीमा हिउँले सेताम्मे भएका छन् भने तल्लो बस्तीमा पातलो मात्र हिउँ  रहेको र वर्षा धेरै भयको छ ।

यो पटक सोरुकोट, माथिल्लो मुगु क्षेत्रमा बढी हिउँ परेपछि पशुबस्तु समेत घरबाट चरिचरन गर्न समेत समस्या भएको स्थानीय मिट्या कामीले बताए ।भारि हिमपातले जिल्लामा  संचार विधुत,खानेपानीमा समेत अबरोध आयकोमा हिमपात पछि बिस्तारै  खुल्न थालेको स्थानीय पालिकाले बताएका छन्।
माथिल्लो लेकली क्षेत्रमा हिमपात भएकोमा,बेसीतर्फ झरी परिरहेको बालीनाली सर्पिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत असोज १९ गतेदेखि वर्षात नभएको मुगुमा माघ लागेपछि हिमपात वर्षा सुरु हुँदा किसानहरु उत्साहित भएका हुन् ।

हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ ।
जुम्ला सिंजा क्षेत्रको कनका सुन्दरी गाउँपालिकाको क्षेत्रमा पनि रातिदेखि हिमपात भएको छ ।

त्यस्तै डोल्पाको माथिल्लो डोल्पा र जुफाल क्षेत्रमा भयको हिमपातले समेत आउजाउमा  समस्या भएको छ।