इरान एसियन कपको क्वाटरफाइनलमा

0
Shares

काठमाडौं ।

इरान जारी एसियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउन्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो।

पेनाल्टी सुट आउटमा इरानले ५-३ ले खेल जितेको थियो। यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए।

अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ। त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।