चितवनमा सालनाल सहितको शिशु मृत फेला

14
Shares

चितवन ।

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ। माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीले जनाएको छ। मृत शिशुको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले बताए।