यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

0
Shares

काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अङ्गुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुइऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ६०, लोकल सानो गोलभेँडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४०,लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रुपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १२० र पुदिना ३५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ८०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ७०, भिण्डी १२०, र हरियो धनियाँ १२० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।