बुधबारको मुद्राको विनिमय दर कति ?

0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ। आज अमेरिकी डलरको भाउ ०४ पैसाले घटेर एकको खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसामा कारोबार भएको छ।

मंगलबार यसको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले बढेको हो। मंगलबार युरोको खरिददर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०१ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ ०५ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।