पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन



काठमाडौं ।

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ। मङ्गलबार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए। ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

प्रतिक्रिया दिनुहोस्