काठमाडौं ।
काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम २.१ डिग्री सेल्सियस मापन गरिएको हो।
यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको मौसम विभागले जनाएको छ। यसअघि शनिबार काठमाडौंको न्यूनता तापक्रम २.५ डिग्री सेल्सियस थियो।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।











प्रतिक्रिया