एमाले अध्यक्ष ओली दिए भारतवासीलाई गणतन्त्र दिवसको शुभकामना 



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटर मार्फत शुभकामना दिएका हुन्। ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना’ ओलीले लेखेका छन्।

भारतले आज आफ्नो ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ। ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको भारतीय गणतन्त्र दिवस मनाइँदै छ।

सन् १९५० को जनवरी २६ मा भारतलाई गणतन्त्र मुलुक घोषणा गरिएको थियो। ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतले १९५० को जनवरी २६ मा संविधान जारी गरी सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो।

भारतको संविधान सभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै गणतन्त्रको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्