बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ



काठमाडौं ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका सन्तोष आलेमगर र धनकुटाका अनके लोहोरूङ राई रहेका छन्।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलेमगरलाई बराहपोखरी गाउँपालिका-२ बाट प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ प्रहरी चौकी हुक्नाजोरले जनाएको छ।

यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ खुडी बस्ने ४४ वर्षीय राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राईले ती बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्