मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ। 

मोटरसाइकल चोरीमा संलग्न एकजनालाई बिहीबार काठमाडौँको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको बरहथवा नगरपालिका १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौल स्थित कृष्ण मन्दिर नजिकबाट हराएको भनी  यही माघ ९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी  वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल, हेण्डल लक तोड्ने टि, चाबीको ढिक्का, चाबी  र वैकल्पिक नम्बर प्लेटसहित फेला पारी चोरीमा संलग्न लामालाई धुम्बाराहीबाट आज नियन्त्रणमा लिइएको हो ।

 नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।