राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा सत्तारुढ गठबन्धनकी सावित्री मल्ल विजयी

0
Shares

राष्ट्रिय सभा निर्वाचनमा महिला तर्फ सावित्री मल्ल विजयी भएकी छन् । सत्तारुढ गठबन्धन अन्तर्गत एकीकृत समाजवादी पार्टीका तर्फबाट मल्ल उम्मेदवार थिइन् ।

आज भएको मतदानमा मल्लले तीन हजार सात सय २२ मतभर प्राप्त गरेकी छन् । उनले २९ प्रदेश सभा सदस्य बराबर एक हजार पाँच सय ३७ मत र १ सय १५ स्थानीय तह मतदाता बराबर दुई हजार १ सय ८५ मत प्राप्त गरेकी हुन् ।

प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार ३ सय ६२ मतभार प्राप्त गरिन । उनले ११ प्रदेश सभा सदस्य बराबर ५ सय ८३ मातभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन ।

अन्य पदहरूमा भएको मतगणना भने जारी छ ।