राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतगणना जारी

0
Shares

सुर्खेत ।

राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णालीमा मतगणना जारी छ ।

बिहीबार अपराह्न साढे ४ बजेपछि मतगणना सुरू भएको निर्वाचन अधिकृतको कार्यालयका उज्जवल रावलले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहान ९ देखि सुरू भएको मतदान दिउँसो १:१५ मा सम्पन्न भएको थियो । निर्वाचनमा प्रदेशसभा तर्फका ४० सदस्यले मतदान गरेका थिए । यस्तै, ७९ स्थानीय तहका कुल १ सय ५८ मतदातामध्ये १ सय ५६ जनाले मतदान गरेका थिए । कर्णाली प्रदेशबाट ३ पदका लागि ६ जना उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धन दलबाट अन्य क्लस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विक उम्मेदवार छन् ।

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विक उम्मेदवार छन् ।