राष्ट्रिय सभा निर्वाचन : तीन ‘सेलिब्रेटी’ मेयरले गरेनन् मतदान

0
Shares

काठमाडौं ।

राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् ।

गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका हुन् ।

 सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएका निर्वाचन आयोगले जनाएको छ ।