काठमाडौँ।
बिहेको प्रलोभन देखाएर नाबालिगकालाई पटक-पटक बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
यही माघ २ गते राती ११ बजे जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०३ कि एक नाबालिगकालाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगि पाँच दिनसम्म पटक-पटक जबरजस्ती करणी गर्ने सोही वडाकै एकजना व्यक्तिलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
प्रतिक्रिया