काठमाडौंमा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक युवक पक्राउ



काठमाडौं ।

प्रहरीले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन
बुढाथोकी रहेका छन्।

काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा लगि करणी गरेको उजुरीको आधारमा उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्