यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अङ्गुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुइँऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५०, लोकल सानो गोलभेँडा २०, अदुवा १७०, रातो आलु ३३, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १० र रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग ४० र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ९० र पुदिना २८० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १००, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ६०, भिण्डी ११०, र हरियो धनियाँ ९० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २७०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्