बंगबन्धु म्याराथनमा सात खेलाडी

0
Shares

काठमाडौं ।

बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन्।

म्याराथन जनवरी २६ तारिखमा हुँदैछ। पुरुष खेलाडीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खड्गबहादुर खड्का र प्रकाशसिंह ऐर रहेका छन्।

महिलामा पुष्पा भण्डारी, १३औं सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी छन्।

ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा विन्द्राले १ कांस्य पदक जितेका छन्। प्रशिक्षकमा राकेश वज्राचार्य रहेका छन्।