बैठकको नाममा मौन अवधिमा चुनावी छलफल, गठबन्धनलाई भोट हाल्न निर्देशन

28
Shares

धादिङ  । 

बैठकको नाममा मौन अवधि सुरु भएको समयमा धादिङ बेसीमा मंगलबार  राष्ट्रिय सभा मतदाताहरुसंग उम्मेदवारहरुका बिचमा बैठक राखिएको छ ।
नेपाली काँग्रेस कार्यालय धादिङ बेसीमा आचारसंहिता विपरीत मुख्यमन्त्री समेतको सहभागितामा मतदाताहरु राखेर गठबन्धनलाई भोट हाल्न निर्देशन गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचन आचारसंहितामा मौन अवधिमा मत माग्न, प्रचारप्रसार गर्न र लक्षित गरी  मतदादाहरुलाई दबाब हुने खालको गतिविधि गर्न निषेध गरिएको भएपनि गठबन्धन दलको बैठकको नाममा भोट मागिएको थियो । मुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सांसदहरू, गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको सहभागितामा गठबन्धन दलका नेताहरु सहभागी भएर भोट मागिएको थियो ।

गठबन्धनको तर्फबाट राष्ट्रिय सभा उम्मेदवार दलित क्लस्टरका  घनश्याम रिजाल विश्वकर्मा, महिला क्लस्टरका विष्णुदेवी पुडासैनी, अपाङ्ग क्लस्टरका श्रीकृष्ण प्रसाद अधिकारी र खुल्ला क्लस्टरका जितजंग बस्नेत सहभागी भएका थिए ।

आचारसंहिताले मत माग्न निषेध गरेको भएर गठबन्धन दलको बैठक समय मिलाएर राख्दा आचारसंहिताले नदिने समय परेको मात्र नेपाली काँग्रेसका सचिव विकास श्रेष्ठले बताए ।