कानुनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

0
Shares

काठमाडौँ।

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै सांसद भण्डारीले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए । उनले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए ।

सांसद भण्डारीले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताए । उनले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताए ।