यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

0
Shares

काठमाडौँ।

संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन‍्।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. जापान सरकारबाट Keteshwor Intersection Improvement Project कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने ।

२. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने ।

३. २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।