काठमाडौंमा अब कटन क्याण्डी खुल्ला रूपमा बेच्न नपाइने



काठमाडौं ।

सरकारले अखाद्य रङ्ग प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण गर्न नपाइने  जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला गरिएको जाँचबाट काठमाडौंमा बेचिने कटन क्यान्डीमा मानव स्वास्थ्यमा अवसर पार्ने अखाद्य रंग प्रयोग गरेको पुष्टि भएपछि यसको बिक्री वितरणमा रोक लगाएको हो।

विभागले सोमबार एक सूचना जारी गर्दै कटन क्याण्डीमा अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएको जनाएको छ।

कटन क्याण्डी बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी समेत दिएको छ।

काठमाडौंका सडक पेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण हुँदै आइरहेको रङ्गिन कटन क्याण्डीमा प्रयोग गरिएको अखाद्य रङ्ग ‘रोडामाइन बी’ले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने विभागले जनाएको छ।

विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न उपभोक्ता वर्गमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्