काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरूले राज्यको नीति र संविधानविपरीत कार्य गरेको बताएका छन्। तीन दिने युगाण्डा भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले जागीर खाने नाममा राज्यको नीति र संविधान मर्म तथा लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए।
‘जागीर खाने नाममा जहाँ पायो त्यहीँ जाने, राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने। अझ बाटो छलेर जाने यो तरिका भएन।’
विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे। प्रधानमन्त्रीले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी गरे।
उनले रुसलाई युगान्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको पनि बताए।
‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’











प्रतिक्रिया