दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला

0
Shares

काठमाडौं ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिए। मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।

स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए। मृतकहरूको उमेर अन्दाजी २५/२६ वर्षको पएको प्रहरीको अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान थालिएको जनाएको छ।