प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीको दोस्रो जित

42
Shares

सुर्खेत ।

कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशमाथि ६० रनको जित हात पारेको हो ।

शिद्धार्थ रंगशालमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२४ रन बनायो ।
लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । म्रिनल गुरुङले २२ रन बनाउँदा महमद हुसेन र निर्मल गुरुङले १०–१० रन बनाए ।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । त्यस्तै अनुज चुनरा र दिपेन्द्र रावतले दुई–दुई विकेट लिँदा दिवन पुनले एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले र्धिारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो । कर्णालीका लागि दिनेश अधिकारीले ५६ रनको अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै हिमान्सु शाहीले २५ रन बनाउँदा कप्तान रविन्द्र जंग शाहीले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि निर्मल गुरुङ र अविषेख गौतमले तीन–तीन विकेट लिए । त्यस्तै मोहमद हुसेन, कृष्ण कार्की र अजय चौहानले एक–एक विकेट लिए । कर्णालीको यो दोस्रो जित हो ।