माओवादीबाट दुई वैकल्पिक केन्द्रीय सदस्य निष्कासन

0
Shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

यस्तै भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो। साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्। गोरखबहादुरले भने मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको माओवादी केन्द्रले जनाएको छ।