ठाडेमा हिमपातको सुरुवात

112
Shares

ओखलढुंगा ।

ओखलढुङ्गाको ठाडेमा हिउँ पर्न थालेको छ ।

विश्वको अग्लो हिमाल  सगरमाथा आँखै अगाडी देखिने ठाडेमा यो सिजनमा पहिलो पटक हिउँ परेको हो ।

समुन्द्री सतह देखी ३ हजार मिटरको उचाइमा रहेको ठाडेमा हिउँ पर्न थाले सँगै आन्तरिक पर्यटकहरूको भिड बढ्न थालेको एभरेस्ट भ्यु रिर्सोटका सञ्चालक पारस मगरले बताएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत नुम्बुर, आमाडब्लम, लोत्से, नुत्से, गौरी शङ्कर लगायतका हिमालहरू एकै ठाउँ बाट देखिने ठाडे प्राकृतिक शौन्दर्यताले भरिभराउ एक सुन्दर ठाउँ हो ।

यो ठाउँमा हिउँ पर्न थाले पछि हिउँ खेल्ने पर्यटकहरू नेपालको विभिन्न ठाउँ बाट आउने गरेका छन् । हिउँ पर्ने सिजनमा ओखल्ढुंगा लगायत छिमेकी जिल्ला खोटाङ, सिन्धुली लगायत काठमाडौँ र तराईका जिल्लाहरू बाट हिउँ खेल्न र हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

आन्तरिक तथा बाह्रयता पर्यटकहरूको सुविधाका लागी यहा विभिन्न होटलहरु सञ्चालनमा रहेका छन् । यो ठाउँ हिउँ खेल्न र हेर्नका लागी र सगरमाथा लगायत अन्य हिमाल हेर्न र बुङको आलुको लागी निक्कै प्रख्यात रहेको छ ।