१९ वर्षीया विवाहित युवतीमाथि सामूहिक बलात्कार



काभ्रे ।

पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुर स्थित फुटबल ग्राउन्ड नजिकैको गोरेटो बाटो नजिकै रहेको झाडीमा लगेर सामूहिक बलात्कार गरेकाे अभियोगमा चार युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई घटनास्थलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

अन्य जिल्ला घर भई सोही स्थानमा भाडमा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले साँझको समयमा बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षढानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् । चार जनाले संयुक्त रुपमा जंगलमा लगेर मुख थुनेर जर्बजस्ती करणी गरेकाे पीडित महिलाले बताएकी छिन् ।

पाँचखाल तामाघाट बजारमा केही सामान किन्न जाने क्रममा फाइटर नामक रक्सी खाएर बसिरहेका ती युवाहरुले पीडित युवतीलाई बाटोमा समाएर सिधै जंगल पु¥याई मुख थुनेर जर्बजस्ति करणी गरेका थिए ।

पीडित युवतीको श्रीमान् पनि सोही स्थानमा मजदुरी गर्दै आएका छन् । सबै युवाहरु त्यही मजदुरी गर्दै आएका थिए । एक वर्ष अघि १८ वर्षकै उमेरमा उनको विवाह भइसकेको थियो ।

सबै चिनजानका भए पनि जर्बजस्ति करणी  गर्ने मध्येका एक आफ्नै मामा पर्ने पीडित युवतीले बताइन् । उनीहरूबाट बच्न आफूले आत्महत्याको प्रयास गरेको पीडित युवतीले बताएकी छिन् ।

तत्कालै स्थानीयहरुले देखेर उनलाई आत्महत्याबाट बचाएको र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पौष २७ गते राति नै उनीहरूलाई नियन्त्रणमा लिई पौष २९ गते मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्