सेयर बजार साढे ५४ अंकले वृद्धि, ८ अर्बभन्दा बढिको कारोबार

0
Shares

काठमाडौं ।

सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।