प्रधानमन्त्री सचिवालयबाट हटाइयो १३ कर्मचारी



काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् ।  माघ १ (हिजो) बाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका हुन्।

बिदा हुनेमा ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्।

त्यस क्रममा प्रधानमन्त्री दाहालले डेढ दर्जन सचिवालयमा कार्यरत व्यक्तिहरूलाई हटाएका छन्। साथै दाहालका प्रमुख राजनीतिक सल्लाहकार र हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्