ललितपुरको भैसेपाटीमा भूकम्प सचेतना र्‍याली सम्पन्न

0
Shares

ललितपुर।

नेपाल रेडक्रम सोसाइटी सैंबु उपशाखा, ललितपुर महानगरपालिका वडा नं। १८ र २५ को संयुक्त आयोजनामा भूकम्प सचेतना ¥याली सम्पन्न भएको छ। २६ औ भूकम्प दिवसको अवसरमा आयोजना गरिएको ¥याली भंैसेपाटीचोकबाट सुरु भई आवास गेट,मगरगाँउ, वाइवाईचोकहुँदै ललितपुर महानगरपालिका–१८ वडा कार्यालयमा पुगेर समापन भएको थियो ।

¥यालीमा नेपाल प्रहरी बुंगमती प्रभाग, रेडक्रसका पदाधिकारी र प्रतिनिधि, सैंबुस्थित श्री वालकुमारी सृजना क्लब र प्रगति युवा क्लब, विभिन्न टोल सुधार समितिका पदाधिकारी समाजसेवी र वडा नं १८ र २५ का जनप्रतिनिधिको  सहभागिता रहेको थियो ।

¥यालीलगत्तै वडा कार्यालयमा आयोजित समापन समारोहमा वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री र वडा न–ं१८ का वडा सदस्य गोपाल डंगोलले भूकम्पको अति उच्च जोखिम क्षेत्रको रुपमा रहेको उपत्यकामा भूकम्प आउँदा हुनसक्ने क्षति कम गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने बताए।

दुवै जनप्रतिनिधिले भवन मापदण्डलाई सबैले पालना गर्नुपर्ने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाले गरेको सो कार्यक्रमको सबैले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा विपद आउँदा गर्नुपर्ने पुर्व तयारीको बारेमा नमुना प्रदर्शन गरिएको थियो । सैबु उपशाखाका प्रशिक्षक दिनेश कार्कीले विपतमा आइपर्ने विभिन्न घटनाको नमुना प्रदर्शन गराउनुभका थिए ।