जन्मकैद सुनाइएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ


काठमाडाैं ।

धादिङमा  हत्याको कसुरमा जन्मकैद सुनाइएका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँपालिका  १ का सुर्य बहादुर दवाडी रहेका छन् ।

 उनी भारतमा लुकी छिपी बसेको र हाल नेपालमा आउँदै गरेकाे भन्ने खबरकाे आधारमा केन्द्रीय अनुसन्धानको टोलीले  साेमबार रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा १, बेलहियाबाट पक्राउ गरेकाे हाे  ।

उनले अंश सम्बन्धी विषयमा झगडा भई  श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि  रुखमा झुण्डाई हत्या गरी मृतक शवलाई  बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे  ।

धादिङ जिल्ला अदालतको मिति २०६१/०२/०५ गतेको  फैसलाअनुसार उनलाई जन्मकैद ठहर भएको थियो । उनलाई थप कारवाहीको लागि जिल्ला अदालत धदिङ बुझाएको प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।