विद्यालयमा हाइट्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

0
Shares

काठमाडौं ।

झापामा एक निजी विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

उनकाअनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो।

प्रहरीका अनुसार बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते भएकाे जनाएकाे छ। उनको दाहिने खुट्टाको भाग चुडिएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ।