सर्वोच्चको गेटबाटै पक्राउ परिन् आरती रावल



काठमाडौं ।

निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई प्रहरीले गेटबाट पक्राउ गरेको हो।

काठमाडौंको सामाखुशी घर भएकी ३९ वर्षीया रावलले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्। उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।

यो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्। न्यायाधीश गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस्