सवारी दुर्घटनामा २ जनाको मृत्यु

0
Shares

काठमाडौं ।

सर्लाही र बर्दियाका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। सर्लाही, ईश्वरपुर नगरपालिका-११ कर्ममुहान चोकमा पिकअप गाडी र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०१-०२६ च ०७५९ नम्बरको पिकअप गाडी ठोकिँदा मोटरसाइकल चालक चन्द्रनगर नगरपालिका-३ बस्ने ३५ वर्षीय राज नारायण महतोको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता बर्दिया, राजापुर नगरपालिका-५ बदालपुरस्थित सडकमा भे.७ प ६११ नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ना.८ ख १३८५ नम्बरको ट्रकमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बिन्द्रा प्रसाद चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धानमा गरिरहेको छ।