त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको जिप फेला पर्‍याे, यात्रु खोज्दै गोताखोर टोली

0
Shares

चितवन ।

त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो।

आज बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल खसेको हो।

त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ। स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो।

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको र उनीहरुको खोजी भइरहेको उनले बताए।