महिलाले आफ्नो अधिकार प्रयोग गरेनन् : उपसभामुख राना मगर 

0
Shares

उदयपुर।  

सङ्घीय सांसदका उपसभामुख इन्दिरा राना मगरले महिलाहरुले आफ्नो अधिकार प्रयोग नगरेको बताएकी छन्।
सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

उपसभामुख राना मगरले अहिले संविधानमा ३३% महिलाको व्यवस्था गरिएको भएपनी सबै महिला रबर स्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको दाबी गरिन्  । उनले  अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउनु पर्नेमा जोड दिइन् । महिलाको हक अधिकारका लागि महिला महिलाबीच प्रतिस्पर्धा हुनु पर्ने र जातजाति बीचको हक प्राप्त गर्न उनीहरुनै आफू आफू  लड्नु पर्ने मगरको भनाइ छ । उपसभामुख राना मगरले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै वर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन्।

सोमबार उदयपुरमा नेपाल मगर संघले माघी अर्थात् मगर सङ्क्रान्तिको उपलक्षमा हुर्रा नृत्यदेखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।