माघीमा खिचरी उत्सव

0
Shares

नवलपरासी ।

हर्ष उल्लासको पर्व माघीको अवसर पारेर पूर्वी नवलपरासीमा  खिचरी उत्सव लागेको छ ।
नवलपुर पर्यटन समितिको आयोजनामा संंचालित पाँचौँ नवलपुर खिचरी उत्सवमा दर्शकहरूकाे बाक्लो  उपस्थिति रहेको छ ।

माछा,चिचर र घोगी लगायत थारु भान्साका परिकार, स्थानीय मध्यवर्ती वनमा जिप सफारी, विविध सांस्कृतिक कार्यक्रमले उत्सवलाई भव्य बनाएको छ ।

पुस २७ देखि कावासोती १० चिलाहा रतवलमा सञ्चालित महोत्सव माघ २ गते सम्म चल्ने आयोजक समितिले जनाएको छ ।

यसै गरी  पूर्वी नवलपरासीकाे पिप्रहरमा पनि ३ दिने माघी मेला लागेको छ ।