इमाडोलमा महिला इनारभित्र खसिन्, उद्धार गरिँदै



काठमाडौं

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन्। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान कपडा धोएर सुकाउन जाने क्रममा इनारमा खसेकी हुन्।

इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारमा खसेको प्रहरीले जनाएको छ। उनलाई उद्धारका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।  इनारभित्र महिलाको अवस्था हालसम्म खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्