प्रभु साहको आजपाले माघ ११ गते मधेस बन्द गर्ने



रौतहट  ।

आम जनता पार्टी (आजपा)ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । यि बिभिन्न माग गर्दै आजपाले यस अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । सरकारसंग यि माग गर्दै आजपाले यथासिघ्र सम्बोधन गर्न आग्रह  गरेको थियो । तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने बिषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो ।

आजपा मधेस प्रदेशका ईन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् । ‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने ।

आजपाले मधेस बन्द अघि १ देखी ९ माघ सम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाईकल र्याली तथा सोही दिन साझ मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यस अघि आजपाले १० माघमा मधेस बन्द सहित बिभिन्न कार्यक्रम घोषणा गरेको भए पनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो ।

यसैगरी आजपाले बिरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।

आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहको बिशेष सहभागिता सो छलफल भएको थियो । यी बिषयमा आजपाले निरन्तर आवाज उठाउदै आएको तर सरकारले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिनु परेको आजपा केन्द्रिय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्