सामुहिक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ



उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर हिलेखोलाबाट २० वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।

तनजना युवा मिलेर सिद्धिपुरको हिलेखोला जंगलमा युवतीलाई ललाई फकाई लगेर बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरीले मंगलबार चौदण्डीगढी नगरपालिका ८ हिलेखोलाका ३० वर्षिय गणेश राई, २७ वर्षिय उमेश मगर र २७ वर्षीय खड्ग मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न तीनै जना युवाहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिलला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्