लायन्स क्लव अफ भक्तपुरमा २१२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए



काठमाडौं ।

लायन्स क्लव अफ भक्तपुर सोनिगाको आयोजनामा भक्तपुरमा आयोजिजत एक दिने निःशुल्क स्वास्थ्य शिविर विशेषज्ञ सेवा सहित सम्पन्न भयो ।

स्वास्थ्य शिविरमा मुटु, नसा, गाईनियो, आँखा, उच्च रक्तचापको उपचारका साथै रक्तदान कार्यक्रमका साथै निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

शिविरमा लायन्स डिष्ट्रिक ३२५ जीका डिष्ट्रिक गर्भनर दीपक कुमार प्रजापतिको प्रमुख आतिथ्य तथा सेकेन्ण्ड भाईस गर्भनर बिधान जोशीको विशेष आतिथ्यतामा सम्पन्न भयो । उक्त स्वास्थ्य शिविरमा १२ बर्ष देखि ८८ बर्ष सम्मका २ सय १२ जनाले सेवा लिएका थिए । सोही शिविरमा २९ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्