राष्ट्रिय पुरुष भलिबलको च्याम्पियन बन्यो पुलिस

14
Shares

सुर्खेत ।

विभागी टोली नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनलमा एपीएफलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

सुर्खेतस्थित खुल्लामञ्चको कोर्टमा पहिलो सेट २५–२२ ले जितेको एपीएफले तगातार तीन सेट गुमायो । दोस्रो सेटबाट पुलिसले पुनरागमन गर्यो । पुलिसले दोस्रो सेट २५–१९ मा जित्दा तेस्रो सेटमा २५–१८ मा आफ्नो बनायो ।

निकैनै रोमाञ्चक बनेको खेलको चौथो सेटमा २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बनेको छ ।