गठबन्धनका साझा उम्मेदवार सुवेदी र सापकोटालाई विजयी बनाउन गठबन्धन एकमत

0
Shares

बुटवल ।

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशका सत्ता पक्षीय गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्ने निर्णय भएको छ ।

सत्ता पक्षीय गठबन्धनका साझा उम्मेदवार झक्कु प्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई विजयी बनाउन सबै मतदाताहरूमा अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङ, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदशभित्रका सबै प्रदेश सभापति , अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मेलित राष्ट्रीय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने सहमती भएको हो ।

जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख , जिल्ला नेतृत्व र उम्मेदवारसंग भेटघाटतथा अन्र्तक्रिर्या कार्यक्रम माघ २ गतेबाट शुरु गर्न जिल्ला जिल्ला जाने निर्णय समेत वैठकले गरेको छ ।

जस अनुसारमाघ २ गते पाल्पा र गुल्मी ३ गते रुकुम पूर्व , ४ गते रोल्पा प्यूठान, ५ गते अर्धाखाची कपिलवस्तु ६ गते नवलपरासी रुपन्देही ७ गते बांके , बर्दिया, ८ र १० गते दाङ जिल्लामा उम्मेदवार र मतदाता बीचमा भेटघाट तथा अन्र्तक्रिर्या गदै गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन एकसाथ लागी पर्ने बंठकले निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर पुनले बताए ।

यस अघि पुस २५ गते वसेको सत्ता गठबन्धनदलको बैठकले गरेका निर्णलाई अक्षरश पालना गर्न भनी विहिवार बसेको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदशभित्रका सबै प्रदेश सभापति , अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मेलित राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने सहमती भएको हो ।