बर्दियामा जलेर घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

0
Shares

बर्दिया ।

बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।

उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्।

प्रहरीका अनुसार उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन्। थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्ज लगिएको थियो।