गैंडा मारेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ


चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर फरार भएका दुई जना अभियुक्तहरू १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चम्का जेठा र मुक्तिबहादुर पुन छन्।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणको टोलीले मंगलबार साँझ राप्ती नगरपालिका-११ बाट पक्राउ गरेको हो।

दुबैविरूद्ध निकुञ्जले १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो। संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार २०६७ जेठ २० गतेको फैसलाले उनीहरूलाई कैद सजाय तोकेको थियो। पक्राउ परेका व्यक्तिहरू बुधबार कारागार भरतपुरमा चलान भएका छन्।