मानेभञ्ज्याङमा आयोजित अध्यक्ष कप फाइनलमा, आयोजक र माङसेबुङ गाउँपालिका भिड्दै

56
Shares

ओखलढुंगा  । 

ओखलढुङ्गाको मानेभञ्ज्याङमा आयोजना भइरहेको प्रतियोगितामा आयोजक मानेभञ्ज्याङ गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिका पुगेका छन् ।

आयोजक  मानेभञ्ज्याङले तेह्रथुमको लाली गुराँस नगरपालिकालाई शून्यका विरुद्ध २ गोल गर्दै फाइनल प्रवेश गरेको छ । दोस्रो हाफको २५ औं मिनेटमा आयोजक टिमका टिम क्याप्टेन जर्सी नं. १० का राजु राई ले डी बक्स बाहिरा बाट सुन्दर गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । यसै गरी मानेभञ्ज्याङका जर्सी नं. ८ का खेलाडी अरविन राईले दोस्रो हाफको ३० औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रता दिलाए ।
यसै क्रममा लाली गुराँस नगर पालिकाले पनि पाएको केही सुन्दर अवसर गुमाउँदा रु एक लाख पुरस्कार सहित सेमिफाइनल बाटै प्रतियोगिताबाट बाहिरिएको हो । लाली गुराँसका टिम क्याप्टेन माहादेब तामाङले डी बक्स बाहिरा बाट गरेको सुन्दर प्रहार पोलमा लागेर फर्किए सँगै खेलमा फर्किने अवसर गुमाएको थियो । निक्कै उत्कृष्ट खेल प्रदर्शन गरेको लाली गुराँस नगर पालिकाले पाएको अवसरको सही सदुपयोग गर्न नसक्दा खेलमा फर्किने अवसर गुमाएको थियो ।

यसै गरी आजै भएको दोस्रो खेलमा इलामको माङसेबुङ गाउँ पालिकाले ओखलढुङ्गाको सिद्धिचरण नगर पालिका लाई ट्राईबेकरमा हराउँदै फाइनल प्रवेश गरेको छ । मानेभञ्ज्याङ गाँउपालिकाको उबुमा सञ्चालन भई रहेको अध्यक्ष कप प्रतियोगिताको फाइनल यही २७ गते दिनको ठिक ११ बजे बाट हुने आयोजकले जनाएका छन् ।