चिसोबाट बच्न बालेको आगो आफ्नै शरीरमा सल्किएपछि…

0
Shares

बर्दिया।

बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन्। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारू जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। उनले ओढेको ब्लाङकेटबाट आगो सल्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ। थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्ज लगिएको छ।