भरूवा बन्दुकसहित एकजना पक्राउ

0
Shares

उदयपुर ।

चौदण्डीगढी नगरपालिका- १ कटरबोटेबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने बारूदसहितको बट्टा १ थान, फलामको गोली ४ थान, बेरिङ १७ थान र केप १ थानसहित भोजपुर आपचौक गाउँपालिका-१० बस्ने २० वर्षीय समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१३ प ४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग गार्डमा बाधेको बोराभित्र लुकाई ल्याएको उक्त हातहतियार फेला पारी चालक राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।