तेश्रो चरणमा आयोजक ललितपुरको अग्रता

0
Shares

ललितपुर ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा आयोकले अग्रता लिएको छ।

तेश्रो चरणको खेल सकिदासम्म आयोजक ललितपुर स्र्पोट्स क्लब ६ अंकसहित शीर्ष स्थानमा रहन सफल भएको हो।

जसमा राजन सुवेदीले सीएम मिलन लामालाई, रिसोन थापाले कुशल बेलबासेलाई र आयुष देमन रौराले रिया श्रेष्ठमाथि जित हासिल गर्न सफल भएका छन् भने सरोज महर्जनले भने डिभाइस सातमा राखेर खे्रल्दा अयोग्य घोषित भई अंक गुमाउन पुगे।

ललितपुरले यस खेलमा ३ जित हासिल गर्दै शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । यसैगरी, ललितपुर महानगरपालिका चेस टिमले कास्की जिल्ला बुद्धिचाल संघमाथि २.५– १.५ ले जित दर्ता गरेको छ।

ललितपुरका जनार्दन श्रेष्ठले महेश्वर अधिकारीलाई, पुनम प्रसाईले अनिज पोखरेललाई पराजित गरे भने आर्य मुकारुङ र आश्चर्य चौधरीसँग बराबरी गर्दै ललितपुर टिमलाई महत्वपूर्ण जित दिलाए भने कमल श्रेष्ठ सागल शाईसँग पराजित हुन पुगे।

अर्को खेलमा मकवानपुर जिल्ला बुद्धिचाल संघले कास्सी जिल्ला बुद्धिचाल संलाई पराजित गर्दा सीएम श्रृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमले जित हात पारेका छन्। सुदेन टुईटुई अरिज पोखरेलसँग पराजित हुन पुगे।

मखन चेस क्लब काठमाडौंले ललितपुर जिल्ला बुद्धिचाल संघलाई ३.५–०.५ ले पराजित गर्दै महत्वपूर्ण अंक प्राप्त गर्न सफल भयो।

३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले कृष्णमान महर्जनलाई, शतिष शाहले कपिल घिमिरेलाई, रियान श्रेष्ठले शुभम यादवमाथि जित निकाले भने आर बज्राचार्य र बाबुराजा महर्जनबीचको खेल बराबरीमा टुङ्गिएको थियो।

त्यसैगरी, गोदावरी नगरपालिका र कोशी प्रदेश बुद्धिचाल संघबीचको खेल बराबरीमा सकिएको छ।